PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सेनाले बढायो सैनिकको हिँडडुलमा निगरानी, सैनिक पोशाक दुरुपयोग गर्ने एक जना कारबाहीमा



पहिलोपोस्ट

सेनाले बढायो सैनिकको हिँडडुलमा निगरानी, सैनिक पोशाक दुरुपयोग गर्ने एक जना कारबाहीमा
फाइल फोटो।

काठमाडौं : नेपाली सेनाले आफू मातहतको सैनिकको हिँडडुलमा निगरानी गर्न तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिन उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्न शुरु गरेको छ।

ट्राफिक प्रहरीसँगको समन्वयमा सेनाले आइतवार सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिकहरुको जाँच गरेको छ। सो क्रममा दोलखा घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैरसैनिक व्यक्ति शुशिल खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको छ।

सोधपुछका क्रममा उनले आफू गैरसैनिक भएको बताएको सेनाले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी नेपाली सेनाको सैन्य आधार तालिममा रहँदा २०६८ सालमा भगौडामा परेको खुल्न आएको छ। उनलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारबाही अघि बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell