काठमाडौं : कोरोना संक्रमणका कारण नेपालमा दुई जनाको मृत्यु भएको छ भने संक्रमिण बढेर सोमवार रातिसम्म दुई सय ९५ जना पुगेको छ।
फैलिँदो संक्रमणबाट कसरी जोगिने त? संक्रमणबाट जोगिन लकडाउन छ, यद्यपि आफू जोगिन स्थानीयस्तरमा आफ्ना टोलमा प्रवेश निषेशको विधि अपनाउन थालिएको देखिन्छ।
काठमाडौंका कोर एरियामासमेत स्थानीयहरुले गल्लीभित्र प्रवेश गर्ने ठाउँमा बाँसका बारदेखि फलामे गेट लगाएको देखिन्छ।
जोरपाटी होस या जयबागेश्वरी, ठमेल होस् या सिगल। पालैपालो गस्तीमा खटिएका छन् स्थानीयहरु।