PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

विदेशमा अलपत्र नागरिक उद्दार गर्ने सरकारको तयारी, पहिलो चरणमा २० हजार ल्याइने



पहिलोपोस्ट

विदेशमा अलपत्र नागरिक उद्दार गर्ने सरकारको तयारी, पहिलो चरणमा २० हजार ल्याइने

काठमाडौँः कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले उद्दार गर्ने भएको छ। यसरी उद्दार गरेर ल्याइनेलाई क्वारेन्टाइन बस्न अनिवार्य गरिने छ।

आइतवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वदेश फर्काउने तयारी भइरहेको जनाएका हुन्।

पहिलो चरणमा विदेशमा रहेका २० हजारलाई ल्याउने तयारी सरकारको छ। विभिन्न देशमा नेपालीले रोजगारी गुमाउन थालेपछि सरकारले नेपाल ल्याउने तयारी गरेको हो।

भारतबाट सीमासम्म आएर क्वारेन्टाइनमा बसेकालाई स्थानीय प्रशासनको सहयोगमा नेपाल ल्याउन थालिएको छ। नेपाली ल्याउन थालिएपछि भारतसँग सीमा जोडिएका जिल्लामा क्वारेन्टाइन अभाव हुन थालेको छ।

क्वारेन्टाइन नै अभाव भएका बेलामा सरकारले भने विदेशबाट ल्याउने नागरिकलाई क्वारेन्टाइनमै काम दिने समेत आश्वासन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell