PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

गृह मन्त्रालयले भन्यो : सर्तकताका नाममा बाटो बन्द र टोल प्रवेशमा निषेध गर्ने मिल्दैन



पहिलोपोस्ट

गृह मन्त्रालयले भन्यो : सर्तकताका नाममा बाटो बन्द र टोल प्रवेशमा निषेध गर्ने मिल्दैन

काठमाडौँ : सुरक्षा सतर्कताको नाममा कसैले पनि टोल तथा बाटो बन्द नगर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ।

कोरोना सङ्क्रमणबाट बच्न भन्दै अहिले टोल टोलमा प्रवेश निषेध गरिएको छ। स्थानीय तथा जनप्रतिनिधिहरुले सडक तथा बाटो रोकेका छन्। गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै यसरी बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने तथा आवागमनमा अवरोध नपुर्‍याउन निर्देशन दिएको हो।

कोरोना सङ्क्रमणको समयमा अग्रपङ्क्तिमा रहेर अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दवाव दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरू गरी मनोबल गिराउने कार्य समेत नगर्न अनुरोध गरेको छ।

गत शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गरिएको थियो। प्रहरीले दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको छ। मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने समेत चेतावनी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell