PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकामा थप कडाइ



पहिलोपोस्ट

संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकामा थप कडाइ

विराटनगर : आइतवार थप दुई जिल्लामा कोरोना भाइरसका नयाँ बिरामी फेला परे। मोरङ र धनकुटाका तीन केस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो। धनकुटा निवासी ३४ वर्षीय महिला र मोरङको विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

विराटनगरमा संक्रमण देखिएपछि संक्रमित व्यक्तिरहेको क्षेत्रमा आवातजावतमा थप कडाइ गरिएको छ। महानगरपालिकाभित्र प्रहरी अत्यावश्यक औषधी पसल, पानी र दूधको पसलमात्र खोल्न र बाँकी बन्द गर्ने आग्रह गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।

त्यस्तै, मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन प्रहरीले अनुरोध गरेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell