PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

संक्रमितको संख्या ३ सय पार, थपिए ९ जना, बारा र रौतहटमा थपिए नयाँ



पहिलोपोस्ट

संक्रमितको संख्या ३ सय पार, थपिए ९ जना, बारा र रौतहटमा थपिए नयाँ

काठमाडौं : थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्याले ३ सयको सीमा पार गरेको छ। 

स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्तिमा ९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ। रौतहट इशनाथ नगरपालिका वडा नम्बर २,३,६ र ९ का २१ वर्षेदखि ३० वर्षका पुरुष, माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीय महिला  र बारा करैयामाईका एक पुरुषमा संक्रमण देखिएको हो। उनीहरुको राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३ सय ४ पुगेको छ। त्यस्तै संक्रमणका कारण दुई जनाले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell