PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ, परिवारका अन्य पनि सुरक्षित



फूलमाया पुरी

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ, परिवारका अन्य पनि सुरक्षित

काठमाडौं : बिहीवार अस्पतालमा कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

धुलिखेल अस्पतालमा रहेका शिशुमा जन्डिस देखिएको भए पनि उनमा कोभिड १९ को संक्रमण भने नदेखिएको अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले जानकारी दिए। उनका अनुसार आज परीक्षणको रिपोर्ट आएको हो।

शिशु तथा उनका बाबु, हजुरआमा र सानिआमाको पनि थ्रोट स्वाब लिइएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको डाक्टर ताम्राकारले बताए।

'उहाँहरुको रिपोर्ट नेगेटिभ आएको छ। अब उहाँहरुलाई सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा पठाइने छ,' डाक्टर ताम्राकारले भने, 'उहाँहरुलाई अब आइसोलेसनबाट क्वारेन्टाइनमा पठाइने छ।'

सुत्केरी महिलाको मृत्यु भएलगत्तै शिशु र परिवारका सदस्यलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell