PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रेडियोको मार्केटिङमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण



राधेश्याम पटेल

रेडियोको मार्केटिङमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण

वीरगंजः सोमवार थपिएका ९ जना कोरोना सङ्क्रमितमध्ये एक जना बाराको एफएममा काम गर्ने भएको खुलेको छ।

गत शुक्रवार कलैयामा बाराका करिब ४० जना पत्रकारहरूले स्वाब सङ्कलन गराएका थिए। त्यसमध्ये बारा करैया गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीय एक जना मिडियाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

उनका अनुसार बाराको कलैयामा रहेको एउटा एफएमको मार्केटिङ विभागमा काम गर्दै आएकामा संक्रमण भएको हो। उनी एफएमको पैसा उठान विभिन्न ठाउँमा आवतजावत गर्ने गरेको खुलेको छ। उनी एफएमको व्यवस्थापकीय पक्षमा पनि सक्रिय रहेको रहन्थे। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

सोमवार बिहान स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिका अनुसार रौतहटमा ८ र बारामा १ गरी ९ जना संक्रमित थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell