PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

ब्राजिलमा बढ्दो कोरोना संक्रमण : २ साताभित्र स्वास्थ्य सेवा 'ध्वस्त' हुने डर, पर्याप्त परीक्षण नहुँदा तथ्याङ्कमै प्रश्न



पहिलोपोस्ट

ब्राजिलमा बढ्दो कोरोना संक्रमण : २ साताभित्र स्वास्थ्य सेवा 'ध्वस्त' हुने डर, पर्याप्त परीक्षण नहुँदा तथ्याङ्कमै प्रश्न
Photo : AFP

ब्राजिलको सबैभन्दा ठूलो शहर साव पाउलोमा कोरोना भाइरस संक्रमण फैलदो छ। त्यहाँका इमर्जेन्सी वार्डहरुमा मानिस भरिएका छन्। शहरको मेयर ब्रुनो कोभासले स्वास्थ्य सेवा प्रणाली 'ध्वस्त' हुनसक्ने चेतावनी समेत दिएका छन्।

हाल साव पाउलोका अधिकांश सामूदायिक अस्पतालका ९० प्रतिशत शय्यामा बिरामी छन्। दुई साता भित्रमा ती अस्पतालहरु पूर्ण रुपमा भरिने मेयर कोभासको दावी छ।

उक्त शहरमा हालसम्म ३ हजार मानिसको मृत्यु भइसकेको छ भने २ लाख ४१ हजार मानिस संक्रमित छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रे ७ हजार ९ सय ३८ मानिसमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य विज्ञहरुले संक्रमितको यकिन तथ्याङ्क अझै बढी हुन सक्ने बताएका छन्। बीबीसीले जनाए अनुसार पर्याप्त परीक्षण नभएका कारण सार्वजनिक तथ्याङ्कमा प्रश्न गरेका हुन्।

बढ्दो संक्रमण र मृत्युदरकै कारण त्यहाँका राष्ट्रपति जैर बोल्सोनारोको आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell