PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सागका ६८ जना प्रशिक्षकहरुको खातामा पैसा जम्मा, ४४ जनाको बाँकी



पहिलोपोस्ट

सागका ६८ जना प्रशिक्षकहरुको खातामा पैसा जम्मा, ४४ जनाको बाँकी

काठमाडौं: दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलसँग सम्बन्धित प्रशिक्षकको नगद पुरस्कार युवा तथा खेलकुद मन्त्रालयले बैंक खातामा पठाउन थालेको छ।

मंसिर १५ देखि २४ सम्म भएको दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्णसहित २ सय ७ पदक हात पारेको थियो। जसमध्ये खेलाडीहरुको खातामा रकम गइसकेको छ। खेलाडीका लागि बैशाख पहिलो साता नै रकम जम्मा गराए पनि प्रशिक्षकले रकम पाउन बाँकी थियो।

पदक हात परेको खेलसँग सम्बन्धित १ सय १२ जना प्रशिक्षक र सहायक प्रशिक्षक मध्ये खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि अनुसार राष्ट्रिय खेलकुद परिषदको विवरण अनुसार ६८ रकम जम्मा गरेको बताइएको छ। सम्बन्धित खातामा १ करोड ८६ लाख रुपैयाँ सम्बन्धित बैंकमा जम्मा गरेको मन्त्रालयले जनाएको छ।

बाँकी रहेका प्रशिक्षकहरुको रकम राखेपले कुनै पेश्की वा सरकारी बाँकी नरहेको ब्यहोरा आएसँगै भुक्तानी हुने मन्त्रालयका सहप्रवक्ता डा मानबहादुर बिकेले जनाएका छन्।

यसअघि वैशाख पहिलो साता पदक विजेता ४ सय ३५ जना खेलाडीको खातामा मन्त्रालयले १९ करोड ५३ लाख रुपैयाँ जम्मा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell