PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

संसदमा देउवालाई रावलको प्रश्न : महाकाली सन्धीमा के भयो? देशहित विपरीतको एमसीसी सम्झौता पैसामा साट्न सकिँदैन



पहिलोपोस्ट

संसदमा देउवालाई रावलको प्रश्न : महाकाली सन्धीमा के भयो? देशहित विपरीतको एमसीसी सम्झौता पैसामा साट्न सकिँदैन

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा पछाडिको ढोकाबाट आउन खोजेको अनुभूत भएको बताएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा उनले नीति तथा कार्यक्रममा एमसीसी प्रस्ट रुपमा उल्लेख नभएको र केही बुँदामात्रै राखिएको बताए।

रावलले एमसीसी राष्ट्रहित विपरित भएकाले सादबाट पास गर्न नहुने अडान लिँदै आएका छन्। संसदमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर एमसीसी छिट्टै पास गर्नुपर्ने बताएका थिए।

देउवाप्रति कटाक्ष गर्दै रावलले भने, 'नेपाली कांग्रेसका एक नेताले एमसीसी छिट्टै पारित गर्नुपर्छ भन्नुभयो। उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो। महाकाली सन्धीको १०-१० वर्षमा पुनरावलोकन हुनुपर्छ भन्नु भएको थियो। त्यसको न पुनरावलोकन भयो, न कार्यान्वयन।'

उनले एमसीसी सम्झौता इण्डो प्यासिफिक अन्तर्गतको अंग भए राष्ट्रहितको विपरीत हुने बताए। 'स्वाधिन देशको हैसियतमा आँच पुर्‍याउने कुनै पनि सम्झौता पैसामा साट्न सकिँदैन,’ उनले भने।

त्यस्तै नीति तथा कार्यक्रममा अन्तरदेशीय उद्योगधन्दा खोल्ने कुरा देखेको तर नेपालको कुन कानुनमा आधार मानेर खोल्ने भनिएको भन्ने प्रस्ट नभएको र आफूले कुनै कानुनमा नभेट्टाएको रावलले उल्लेख गरे। द्विविधायुक्त कुरा अघि नबढाउन पनि उनको आग्रह छ।

रावलले पिछडिएका क्षेत्र, समुदाय र श्रमजिवी जनताको विषयमा नीति ‍तथा कार्यक्रम प्रतिबिम्वित हुन नसकेको बताए। उनले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेर छिट्टै नक्सा निकाल्ने कुरा स्वागतयोग्य भएको पनि बताए। कोरोना भाइरसका विषयमा नीति तथा कार्यक्रममा समेटिएका विषय सकारात्मक भएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell