PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आलिया भट्टको कोरोना संक्रमणविरुद्ध खटिएका चिकित्सकलाई 'स्वीट सर्प्राइज'



पहिलोपोस्ट

आलिया भट्टको कोरोना संक्रमणविरुद्ध खटिएका चिकित्सकलाई 'स्वीट सर्प्राइज'

बलिउड अभिनेत्री आलिया भट्टले कोरोना भाइरसविरुद्ध अग्रपङ्तिमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई 'स्वीट सर्प्राइज' दिएकी छिन्। उनले कोभिड १९ संक्रमणविरुद्ध जुटिरहेका उनीहरुलाई प्रोत्साहित गर्न सर्प्राइज दिएकी हुन्।

एक जना चिकित्सकले सोसल मिडियामा त्यसैलाई लिएर खुशी प्रकट गरेका छन्। आलियाले चिकित्सकहरुलाई खाजाको बक्स पठाएकी छिन् जसमा खाना, चकलेट, जुस, एउटा स्याउ, एउटा बन र आफ्नो धन्यवाद ज्ञापनसहितको पत्र छ। 'तपाईँहरु वास्तमा नै हिरो हो' उनले पठाएको पत्रमा लेखिएको छ। उनको पत्रमा समाजलाई स्वस्थ र सुरक्षित बनाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको छ।

आलियाको उपहार पाएपछि डाक्टर श्रीपद गंगापुकारले उनलाई धन्याद दिएका छन्। 'पाण्डेमिकको यस्तो खराब अवस्थामा स्विट सर्प्राइजका लागि धन्यवाद आलिया,' उनले रिप्लाइ गरेका छन्।

उनको रिप्लाई पछि धेरैले डाक्टरलाई सोधेका थिए - के छ सर्प्राइज प्याकेटमा? ती डाक्टरले मुम्बईका स्वास्थ्यकर्मीहरुलाई पठाएको खानेकुरा र नोटबारे जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell