PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीले दुर्व्यवहार भएको भन्दै दिए उजुरी



पहिलोपोस्ट

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीले दुर्व्यवहार भएको भन्दै दिए उजुरी

काठमाडौं : वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले प्रहरीमा आफू माथि दुर्व्यबहार गरेको भन्दै उजुरी दर्ता गराएका छन्।

निर्देशक कार्कीले आज बिहान महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उजुरी दर्ता गराएका हुन्। 'उहाँले उजुरी दिनुभएको छ। कारबाहीको प्रकृयामा छौं। 'परिसरका एसएसपी श्याम ज्ञवालीले भने।

गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए। उनी सवार गाडीको पास चेक गर्नुको साथै गाडीभित्र रहेको प्राइभेट ब्याग समेत खानतलासी गरेका थिए।  प्रहरीले कार्की विरुद्ध अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अगाडी बढाउने भएको छ।

प्रहरीको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गैरकानुनी भएको भन्दै प्रहरीलाई कारबाही गर्न निर्देशन समेत दिएको थियो। कोरोना सङ्क्रमणको समयमा अग्रपङ्क्तिमा रहेर अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दवाव दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरू गरी मनोबल गिराउने कार्य समेत नगर्न गृहमन्त्रालयले सुचना जारी गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell