PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

रौतहटका ८ जना संक्रमित भारतबाट आठ दिनअघि रेलबाट आएका थिए, महिलामा पहिलो संक्रमण



राधेश्याम पटेल

रौतहटका ८ जना संक्रमित भारतबाट आठ दिनअघि रेलबाट आएका थिए, महिलामा पहिलो संक्रमण

वीरगंज : प्रदेश नम्बर २ को रौतहट जिल्लामा सोमवार विहान थप ८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिलासहित ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएपछि रौतहट प्रशासनले उनीहरुको ट्राभल हिस्ट्री खोजी सुरु गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सबै संक्रमितहरु एक साताअघि भारतको विभिन्न राज्यबाट रेलबाट आएको खुलेको छ। उनीहरु बिहार, मोतिहारी जिल्लाको चैनपुर बजारसम्म आई त्यहाँबाट रौतहट पसेका थिए।

भारतको मुम्बई, गुजरात, दिल्लीमा मजदुरी गर्दै आएका उनीहरुलाई नेपाल आएपछि सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ।

गत सोमवार आएकामध्ये शुक्रवार संकलित स्वाब परीक्षणको नतिजा अनुसार भारतीय सीमासँग जोडिएको माधवनारायण नगरपालिका वडा नम्बर ३ की २८ वर्षिया महिलामा संक्रमण पुष्टि भएको छ। उनलाई सुखवाहा विद्यालयको क्वारेन्टाइनमा राखिएको छ।

ती महिला आफनो श्रीमानसँग गुजरातबाट आएकी थिइन्। उनको श्रीमानको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

त्यसैगरी, ईशनाथ नगरपालिकाका ७ जनामा वडा नं २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षका रहेका छन्। यिनीहरु मुम्बई र दिल्लीबाट आएका थिए। ७ जनालाई सोही नगरपालिकाको वडा नं ३ औरहियाको जनता उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य छ।

आइतवार विहान भेटिएका १० जनालाई गौरको गौर नर्सिग इन्स्युटको २५ वेड क्षमताको आइसोलसन वार्डमा राखिएको छ। आज भेटिएका ८ जनालाई पनि सोही ठाउँमा लैजाने तयारी भइरहेको छ।

यसअघि भेटिएका रौतहटका ३ जनालाई वीरगंजको नारायणी अस्पतालमा राखेर उपचार भइरहेको छ। यससँगै रौतहटमा कुल संक्रमितको संख्या २१ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell