PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

काठमाडौंका टोलटोलमा बन्द गरिएका बाटो खुलाउन प्रहरी परिचालन



पहिलोपोस्ट

काठमाडौंका टोलटोलमा बन्द गरिएका बाटो खुलाउन प्रहरी परिचालन

काठमाडौं: सुरक्षा सतर्कताको नाममा टोलटोलमा बन्द भएको बाटो खुलाउन प्रहरी परिचालन गरिएको छ।

कोरोना सङ्क्रमणबाट बच्न भन्दै अहिले टोल टोलमा प्रवेश निषेध गरिएकोले अत्यबाश्यक काममा हिंँड्ने मानिस र सवारीलाई समेत समस्या परेपछि प्रहरीले बाटोको अवरोध हटाउन थालेको हो।

'हाम्रो टोली यस्ता अबरोध गएका बाटोका तगारो हटाउन निस्किसकेको छ। अवरोध गर्न पाइँदैन,' महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

आइतवार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसरी बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने तथा आवागमनमा अवरोध नपुर्‍याउन निर्देशन दिइसकेको छ। तर, काठमाडौं लगायत देशका विभिन्न स्थानमा सुरक्षा सतर्कता भन्दै बाटो बन्द गरेको पाइएको छ।

गृह मन्त्रालयले अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने समेत चेतावनी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell