PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विदेशबाट आउने रकम आधै घट्यो, अर्थतन्त्र जोखिमतिर



पहिलोपोस्ट

विदेशबाट आउने रकम आधै घट्यो, अर्थतन्त्र जोखिमतिर

काठमाडौं : कोभिड-१९ को असर रेमिटेन्समा परेको छ। नेपाली रोजगारीमा जाने अधिकांश मुलुकहरु संक्रमण प्रभावित भएसँगै नेपाल भित्रिने रेमिटेन्स ५० प्रतिशतले घटेको छ।

फागुनसम्म नेपालमा मासिक ७५ अर्ब रुपैयाँ हाराहारीले रेमिटेन्स भित्रिन्थ्यो। चैतमा भने जम्मा ३४ अर्ब ४८ करोड रुपैयाँ मात्र रेमिटेन्स भित्रिएको छ। वैशाखमा यो अझै घट्ने देखिन्छ।

फागुनसम्म देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। चैतमा साढे ३४ अर्बले बढेर ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो चैतको तुलनामा यसपाली ४ प्रतिशतले मात्र घटेको देखिन्छ।

रेमिटेन्स घटे पनि आयात नबढ्दा शोधनान्तर बचत राम्रो अवस्थामा छ। चैतसम्म ३६ अर्ब ६१ करोड रुपैयाँ बचतमा छ। फागुनमा ३७ अर्ब ८४ करोड बचतमा थियो।

चैतसम्म आयात ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँको भएको छ। फागुनमा ९ खर्ब २४ अर्ब २४ करोडको भएको थियो। यो भनेको ५८ अर्बको वृद्धि हो। सामान्य अवस्थामा मासिक आयात एक खर्ब रुपैयाँ हाराहारी हुने गरेको थियो।

मूल्यवृद्धि दर उक्लिन थालेको छ। चैतमा ६.७४ प्रतिशत पुगेको छ। यो प्रक्षेपित लक्ष्यभन्दा बढी हो। अघिल्लो चैतमा मूल्यवृद्धि ४.४४ प्रतिशत थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell