PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सेनाबाट मान्छे निर्वस्त्र बनाउने सत्ताको दिन धेरै छैन, अर्थमन्त्री जनताका लागि यमराज सावित नहुन्: अमरेश सिंह



पहिलोपोस्ट

सेनाबाट मान्छे निर्वस्त्र बनाउने सत्ताको दिन धेरै छैन, अर्थमन्त्री जनताका लागि यमराज सावित नहुन्: अमरेश सिंह

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा अमरेश कुमार सिंहले नीति तथा कार्यक्रम शिक्षकले विद्यार्थीलाई पढाउने कितावजस्तो भएको टिप्पणी गरेका छन्।

नीति तथा कार्यक्रममा कोभिड-१९ लाई कसरी फेस गर्ने, श्रमिकहरुको व्यवस्था गर्ने भन्ने कुनै विषय पनि नदेखिएको उनको भनाई छ। सांसद सिंहले आफ्नो विरामी श्रीमती बचाउनलाई औषधि लिन जाँदा नङ्ग्याएको भन्दै सरकार धेरै नटिक्ने बताए।

उनले महाभारतको कथा स्मरण गराउँदै भने, 'जब जब कमजोर मान्छेलाई निर्वस्त्र गरिन्छ त्यो सत्ता टिक्दैन्। द्रौपदी त्यहाँ कमजोरीको प्रतिक थियो। त्यहाँ घनश्याम झा मधेसीको प्रतिनिधि थियो। जुन तरिकाले शासन सत्ताको बलमा उनलाई अर्धनग्न गरियो यो सत्ताको दिन धेरै लामो छैन।

उनले अर्थमन्त्रीलाई धृतराष्ट्रको युवराज दुर्योधनको संज्ञा पनि दिए। भने, 'युवराजको कारणले हस्तिनापुर समाप्त भयो। त्यस्तै हस्तिनापुरको जनताका लागि यमराज सावित भयो। मलाई चिन्ता लागिरहेको छ, यो सरकारका प्रमुख धृतराष्ट्रको युवराज अर्थमन्त्री जनताका लागि यमराज सावित नहुन्।'

सांसद सिंहले अर्थमन्त्रीको भाषा जनतालाई राहत कहाँबाट दिउँ भन्ने भएको बताउँदै राज्य कोषको पैसा मन्त्रीको ३/४ करोडको गाडी चढ्नलाई हो भन्दै प्रश्न गरे।

भने, 'कोभिड १९ को कारणले लकडाउन भइरहेको बेला राष्ट्रपतिको अघि पछि २० जना राखेर आर्मीको गाडी राख्नु जरुरी थिएन्। अहिले जनतामाथि लकडाउन गरिरहनु भएको छ। लकडाउनपछि जनताले सरकारमाथि लकडाउन गर्छ।’

बालुवाटार, ओम्नी, यति होल्डिङसमा क्लिन चिट दिनु मात्रै प्रधानमन्त्रीको काम भएको उनले बताए। उनले जनताको दरबारबाट प्रधानमन्त्रीले क्लिन चिट नपाएको बताउँदै यस्तै गणतन्त्रका लागि २०६२\६३ मा लड्नु भएको थियो भनी प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell