PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भारतका चार राज्यबाट कर्नाटक जान मुख्यमन्त्रीले गरे निषेध



पहिलोपोस्ट

भारतका चार राज्यबाट कर्नाटक जान मुख्यमन्त्रीले गरे निषेध

कर्नाटकका मुख्यमन्त्री बीएस यदियुरप्पाले सोमवार महाराष्ट्र, गुजरात, केराला र तामिल नाडूबाट मानिसहरुलाई प्रवेश निधेष गरेका छन्। भारतका चार राज्यबाट मे ३१ सम्म मानिसहरु कर्नाटक प्रवेश गर्न पाउने छैनन्।

कोरोनाको जोखिम थपिँदै गएपछि आइतवार अति आवश्यकीय वस्तुबाहेक बजार बन्द रहने र पूरै लकडाउन जारी रहने मुख्यमन्त्रीले बताएका छन्। संक्रमण भएका क्षेत्रमा कडा लकडाउन र व्यवसायिक कारोबारका लागि अरु नै क्षेत्र तोकिने उनले बताए।

मुख्यमन्त्री यदियुरप्पाले कर्नाटकभित्र सरकारी बस र निजी बस तथा रेल सेवा संचालन रहिरहने जनाएका छन्। पसलहरु खुला हुने पनि उनले जनाएका छन्।

भारतमा मे ३१ सम्म लकडाउन छ। कर्नाटकमा कोरोनाका ११ सय संक्रमित छन् भने ३० जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell