PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

महेश बस्नेतको प्रश्न: सत्तामा छँदा राष्ट्रघाती र भ्रष्टाचारीहरु प्रतिपक्षमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी?



पहिलोपोस्ट

महेश बस्नेतको प्रश्न: सत्तामा छँदा राष्ट्रघाती र भ्रष्टाचारीहरु प्रतिपक्षमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी?

काठमाडौं: नेकपाका सांसद महेश बस्नेतले सत्तामा छँदा राष्ट्रघाती र भ्रष्टाचारीहरु प्रतिपक्षीमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी भएको भन्दै कटाक्ष गरेका छन्।

सोमवारको संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषयमा नक्सा जारी गर्ने कुराको समेत प्रतिपक्षीले संशोधन गरेको भन्दै सो कटाक्ष गरेका हुन्। उनले नक्सा जारी गर्न छिमेकीहरुलाई सोध्नुपर्ने कुराको पनि विरोध गरे।

सांसद बस्नेतले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्नुपर्ने बताए। नीति तथा कार्यक्रमको सार नबुझी टिप्पणी गरेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell