
बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी आफ्नो गृह जिल्ला उत्तर प्रदेश गएका छन्। लकडाउनको समयमा उनी त्यसरी निस्कनुलाई उनी इद मनाउनका लागि घर गएको अनुमानसहित खबर सार्वजनिक भए। तर उनले ती खबरको खण्डन गरेका छन्।
'हाल देश कोरोना महामारीसँग लडिरहेको छ। यस्तोमा उत्सव मनाउनका लागि के छ? म इद मनाउन घर आएको होइन। बिरामी आमा भेट्न घर आएको हुँ', नवादुद्दिनले बलिउड हंगामासँग भने।
उनले आफ्नी आमालाई साह्रै माया गर्ने र उनी बिरामी भएको खबर पाउनासाथ भेट्नका लागि गाउँ बुधाना निस्किएको बताए। उनले अनुमति लिएरै यात्रा गरेको समेत बताएका छन्।
दुई महिना यता उनी मुम्बईमै सेल्फ क्वारेन्टाइनमा थिए, एक्लै। उनकी श्रीमती र सन्तान लकडाउन सुरु हुनु अगावै जबलपुर गएका थिए। हाल आफू आमाको नजिक भएको विषयलाई 'खुशीको कुरा' भएको बताए। भने,'थाहा छैन महामारीले कस्तो मोड लिन्छ। यस्तो अवस्थामा म मेरी श्रीमती र सन्तानसँग टाढिएको थिएँ। अब कम्तिमा आमाको त नजिक छु।'
घर पुगेका नवाजुद्दिन र उनको परिवारलाई हाल क्वारेन्टाइनमा राखिएको छ।