PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोरङको रतुवामाईका सङ्क्रमित भारतको मुम्बईबाट सिमानाको चोरबाटो हुँदै घर आएका थिए



अनन्तराज न्यौपाने

मोरङको रतुवामाईका सङ्क्रमित भारतको मुम्बईबाट सिमानाको चोरबाटो हुँदै घर आएका थिए

विराटनगरः  सोमबार कोरोना सङ्क्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिकाका युवक यही जेठ २ गते भारतको मुम्बईबाट घर आइपुगेका थिए।

रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले २५ वर्षीय युवक नेपाल–भारत सिमानाको चोरबाटो प्रयोग गरेर जेठ २ गते घर आइपुगेको बताएका हुन्।

प्रमुख राईका अनुसार वडा नम्बर १ सोनापुर घर भएका युवक घर आइपुगेपछि भोलिपल्टै उनका काकाले विराटनगरको कोभिड अस्पताल ल्याएर स्वाब परीक्षण गर्न लगाएका थिए। रतुवामाई नगरपालिका आम्बाडीमा रहेको हेल्प डेस्कमा उनको आरडीटी परीक्षण पनि गरिएको थियो।

आरडीटी र पिसिआर दुबै परीक्षणमा कोरोना पोजिटिभ आएको छ। उनीसँगै मोरङमा कोभिड-१९ का रोगीको सङ्ख्या ३ पुगेको छ। यसअघि आइतबार मोरङका २ जनामा कोभिड-१९ फेला परेको थियो।

सङ्क्रमित पुरुषको सम्पर्कमा आएका र उनका परिवार गरी १२ जनालाई नजिकैको मदरसामा क्वारेन्टाइनमा राखिएको राईले बताए।

उनले भने, ‘ती युवक घर आउनेबित्तिकै हामीले सतर्कता अपनाएका छौँ। उनको सम्पर्कमा आएका सबैको मङ्गलबारदेखि पिसिआर परीक्षण हुँदैछ। त्यसैले आत्तिनु पर्ने कारण छैन। अहिले नै काबुबाहिरको स्थिति छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell