PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सरकारको यस्तै तयारी हो भने केही दिनपछि कोरोनाबाट मर्ने मानिसको संख्या गन्न भ्याइँदैन : गगन थापा



पहिलोपोस्ट

सरकारको यस्तै तयारी हो भने केही दिनपछि कोरोनाबाट मर्ने मानिसको संख्या गन्न भ्याइँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि सरकारको तयारी अझै नपुगेको बताएका छन्।

सोमवार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारको यस्तै तयारी हो भने केही दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गनेर भ्याउन नसक्ने अवस्था आउने चेतावनी दिए।

'सरकारको अभूतपूर्व कामले संक्रमण नियन्त्रण भयो भनेर लेखिरहँदा संक्रमण कम भएको भनेर कसैले भनेन्?’ उनले भने, ‘कोभिड-१९ बाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली, प्रवृति र काम गर्ने तरिका हो भने केही दिनपछि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भनेन्?’ उनले प्रश्न गरे।

नीति तथा कार्यक्रम कोरोना संक्रमण नियन्त्रण केन्द्रीत नभएको भन्दै यसले नेपाल दुर्घटनामा पर्लाजस्तो भान भएको पनि बताए। नीति तथा कार्यक्रम प्रधानमन्त्रीले एक्लै लेखेको कविता र मन्त्री लुकेर लेखेको अध्यादेश जस्तो नभएको उनको भनाइ थियो।

'नागरिकको खल्ती खाली हुँदा गर्दा घरको खुत्रुकेमात्र रित्तिने होइन् देशको ढुकुटी पनि रित्तिसक्यो त्यसैले यस्तो बेला यो पनि गर्छौं त्यो पनि गर्छौं भनेर कसैले भनेन्? घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दै वारीदेखि भकारीसम्म प्रभावित भएको बेला लामो गन्थन नलेखौं भनेर कसैले भनेन्? उनले भने , 'रोजगारी वृद्धि हुन्छ नेपालको समृद्धि भनेर लेख्दै गर्दा यी दुई महिनामा लाखौं बेरोजगारी भए भनेर कसैले भनेन्? भोकले कोही मर्दैन् भोकै कोही पर्दैन् भन्ने नारा लेखिरहँदा भोकले मरिसके भनेर कसैले भनेन्?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell