PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

स्वास्थ्यकर्मी कार्कीलाई नागढुंगामा दुर्ब्यवहार गर्ने युवकलाई पाँच दिन हिरासतमा राख्न अनुमति



पहिलोपोस्ट

स्वास्थ्यकर्मी कार्कीलाई नागढुंगामा दुर्ब्यवहार गर्ने युवकलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं: शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई पाँच दिन हिरासतमा राख्न अनुमित दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारमा पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा दुर्व्यबहारको अभियोगमा नियन्त्रणमा लिएको हो। गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए।

गाडीको पास मात्र होइन, उनीहरुले कार्कीले गाडीमा बोकेको झोला समेत खोलेर हेरेका थिए। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गैरकानुनी भनेको छ। त्यस्तै निर्देशक कार्कीले भने सोमबार परिसरमा पुगेर आफूलाई अभद्र व्यबहार भएको भन्दै उजुरी दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell