PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोरोना संक्रमणबाट मृत्यु भएका पुरुष र ४७ नयाँ संक्रमितको कनेक्सन: मुम्बईबाट एउटै बसमा, क्वारेन्टाइनमै धेरै जना



प्रकाश भण्डारी

कोरोना संक्रमणबाट मृत्यु भएका पुरुष र ४७ नयाँ संक्रमितको कनेक्सन: मुम्बईबाट एउटै बसमा, क्वारेन्टाइनमै धेरै जना

काठमाडौं: सोमवार बाँकेमा देखिएका ४७ जना कोरोना भाइरस संक्रमित भारतको मुम्बइबाट आएका देखिएको छ।

बाँके नरैनापुर गाउँपालिकका कोरोना भइरस संक्रमित दोस्रो मृतक र सोमवार देखिएका ४७ जनामध्ये धेरै एउटै बसमा मुम्बइबाट आएको पाइएको नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। 'उनीहरु सबै भारतबाटै आएका हुन्। मृतक र आज भेटिएकामध्ये धेरैजना एउटै बसमा आएको देखिन्छ। तर सबै जना एउटै बसमा थिए थिएनन् त्यो भने एकिन भएको छैन्,'उनले भने।

मृतक र आज भेटिएका संक्रमितमध्ये धेरैजना एउटै क्वारेण्टाइनमा थिए। वैसाख तीन गते आदर्श मावि लक्ष्मणपुर, जैसतान मावि भगवानपुर, दीपेन्द्र प्रावि भोजभगवानपुर, नेरा प्रावि हुलासपुरको क्वारेण्टाइनमा रहेका २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो। उनीहरुमध्ये एक सय ९० जनाको रिपोर्ट सोमवार आउँदा ४७ जना संक्रमित भेटिएको खरालले बताए। मृतक २५ वर्षीय युवा दीपेन्द्र प्रावि भोजभगवानपुरमा थिए। अब ६३ जनाको रिपोर्ट आउन बाँकी छ। संक्रमित सबै भारतको एउटै सहर मुम्बईबाट आएको गाँउपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोईन खाँले बताए। 'सबै जना कोरोनाको हटस्पट भारतको मुम्बईबाट आएका हुन्। उनीहरुमध्ये धेरैजना मृतकसँगै आएको जानकारी छ,'उनले भने। नरैनापुराका एक जना युवाको क्वारेण्टाइनमा मृत्यु भएपछि उनको पीसीआर गरिएको थियो। कोरोना संक्रमण भएर मृत्यु भएको दोस्रो संक्रमित हुन् उनी।

सोमबार भेटिएका ४७ संक्रमितलाई कुन आइसोलेसनमा राख्ने भन्ने टुंगो नभएकाले संक्रमित सबै क्वारेण्टाइनमा छन्। भेरी अञ्चल अस्पतालले संक्रमितको रिपोर्ट जिल्ला प्रशासनलाई बुझाएको छ। संक्रमितलाई आइसोलेसनको अभाव भएकाले क्वारेण्टाइनबाट बाहिर निकाल्न नसकेको प्रहरी निरीक्षक मानबहादुर विकले बताए। 'कताको आइसोलेसनमा राख्ने भन्ने टुंगो भएको छैन। त्यसैले हामीले संक्रमितलाई क्वारेण्टाइनबाट उठाउन सेकाका छैनौं, ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell