
काठमाडौं: नेपालीको रोजगार गन्तव्य मुलुक कतारले ८ नेपालीको सजाय माफ गरेको छ।
दोहास्थित नेपाली राजदूतावासले विभिन्न अभियोगमा सजाय पाई कारागारमा बन्दी जीवन विताइरहेका ८ जना नेपालीलाई कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा क्षमादान गरेको जानकारी दिएको छ।
क्षमादान पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका नेपाली रहेका छन्।