PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कपिलवस्तु अस्पतालका १०४ जनाको रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

कपिलवस्तु अस्पतालका १०४ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं: कपिलवस्तु जिल्ला अस्पतालमा संकलन गरिएका १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले जानकारी दिए।

अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको स्वाब संकलन गरि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो।

यसअघि अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारी सुरक्षाकर्मी लगायतका सबैको स्वाब संकलन गरिएको थियो।

अस्पतालमा सरसफाई र डिस्इन्फेक्सन गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell