PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कर्णाली प्रदेशमा कोरोनाको इन्ट्रीः थपिए नयाँ १८ संक्रमित, दैलेख र खोटाङमा पनि संक्रमण



पहिलोपोस्ट

कर्णाली प्रदेशमा कोरोनाको इन्ट्रीः थपिए नयाँ १८ संक्रमित, दैलेख र खोटाङमा पनि संक्रमण

काठमाडौँः सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा दुई नयाँ जिल्ला थप भएका छन्। पूर्वी खोटाङ र कर्णालीको दैलेखमा नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै संक्रमण फैलिएका जिल्ला ३३ पुगेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, भेरी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १८ जनाको पोजेटिभ आएको हो। योसँगै संक्रमितको संख्या ३७५ पुगेको छ। 

संक्रमण पुष्टि भएकाहरुमा धनुषाका २ जना पुरुष छन्। यस्तै, खोटाङका १ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार बाँकै नरैनापुरका थप १२ जना पुरुषमा पनि संक्रमण भेटिएको छ। 

रिपोर्ट अनुसार कर्णाली प्रदेशमा कोरोनाको पहिलो केस भेटिएको छ। दैलेखका आठबिसका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, अन्य संक्रमित सुनसरीका १ पुरुष छन्। यस्तै, झापाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ। सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell