.jpg)
नयाँ दिल्ली : उत्तर प्रदेशको मोहावा जिल्लामा गाडी पल्टिँदा तीना जना आप्रवासी मजदूरको मृत्यु भएको छ। दुर्घटनमा परी १२ जना घाइते भएको समाचार संस्था एएनआईले जनाएको छ।
झाँसी-मिरजापुर हाइवेमा १७ जना यात्रारत गाडी पल्टिएको हो। दिल्लीबाट घर फर्किरहेका मानिसलाई बोकेको गाडी दुर्घटनामा परेको मोहावाका प्रहरी सुपेरिटेन्डेन्ट एमएल पाटिदारले जानकारी दिए। घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ।
यसअघि पनि दुईवटा ट्रक जुध्दा उत्तर प्रदेशमा नै २६ जनाको मृत्यु भएको थियो। कोरोनाका कारण लकडाउनपछि भारतका विभिन्न राज्यबाट गाउँ फर्केनेक्रम जारी छ। उत्तर प्रदेश र बिहारमा फर्किएकाहरुमा कोरोनाको संक्रमण पनि देखिएको छ।
Mahoba: 3 migrant labourers dead and over 12 injured after a DCM vehicle carrying them overturned on Jhansi-Mirzapur highway, last night. About 17 persons were travelling in the vehicle. Injured were admitted to hospital. pic.twitter.com/NqZhMOq9gk
— ANI UP (@ANINewsUP) May 19, 2020