PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

७० करोड काण्डलाई सतहमा ल्याउने मिश्रले मागे सुरक्षा : 'मलाई मार्ने योजना बन्यो, सुरक्षा पाउँ'



पहिलोपोस्ट

७० करोड काण्डलाई सतहमा ल्याउने मिश्रले मागे सुरक्षा : 'मलाई मार्ने योजना बन्यो, सुरक्षा पाउँ'

काठमाडौं : पूर्वमन्त्री गोकुल बास्कोटाको ७० करोड घुस प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफ्नो ज्यानको सुरक्षाको लागि निवेदन दिएका छन्। मिश्रले सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असुरक्षा भएको भन्दै निवदेन दिएका हुन्।

टोखा नगरपालिका वडा नम्बर ११ घर भएका उनले वैशाख ३० गते मध्यान्ह १२ बजे चार जना मोटरसाइकलमा आएका मानिसले आफ्नो घरको फोटो लिएर गएको निवेदनमा खुलाएका छन्। चारमध्ये दुई जना भारतीय नागरिक समेत रहेको उनले खुलाएका छन्।

'घरको तस्विर दशवटा जति खिचेका छन्। मेरो घरको बाटो नजिकै ढल निमाण गरिरहेका भाइहरुले किन फोटो खिचेको भनेर सोधे। विजय प्रकाश मिश्रको घर यही होइन भनेर उल्टो ती कामदार भाइहरुलाई सोधेका थिए,' उजुरीमा भनिएको छ।

मिश्रले पूर्व संचारमन्त्री बास्कोटाले आफूलाई विभिन्न किसिमका प्रलोभन र दवाव दिइरहेको समेत निवेदनमा खुलाएका छन्। फोटो खिचेर रेकी गर्ने काम बास्कोटाकै योजनामा भएको निवेदनमा उल्लेख गरेका छन्।

'यो मलाई नै मार्ने किसिमले गरेको पूर्व नियोजित षड्यन्त्र हो भन्ने लागेको छ। सार्वजनिक लेखा समितिका सदस्यहरु सूर्य पाठक र प्रेम बहादुर आले र पूर्वमन्त्री गोकुलको हात छ,' उनले निवेदनमा खुलाएका छन्। उनले चारित्रिक हत्याका विकल पौडेल, सांसदद्वय पाठक, आले र पूर्वमन्त्री बास्कोटा हात धोएर लागि परेका जनाएका छन्।

पूर्वमन्त्री गोकुल बास्कोटाले घुस प्रकरणमा ७० करोडको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजिनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell