
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस सम्बन्धी सूचना सच्याउन ३० दिनको समय सीमा दिएका छन्। उनले संगठनका प्रमुख टेड्रोस अधानम घेब्रिएससलाई पत्र लेखेर सूचना एवं कार्यशैलीमा आवश्यक परिवर्तन नगरे संगठनलाई गर्दै आएको आर्थिक सहयोग सधैंका लागि बन्द गर्ने बताएका हुन्।
उक्त पत्र ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्।
This is the letter sent to Dr. Tedros of the World Health Organization. It is self-explanatory! pic.twitter.com/pF2kzPUpDv
— Donald J. Trump (@realDonaldTrump) May 19, 2020
ट्रम्पले पत्रमा समेत डब्लूएचओले चीनको वुहानबाट फैलन सुरु भएको भाइरस बारे विश्वसनीय जानकारी सार्वजनिक नगरेको आरोप लगाएका छन्।
उनले डब्लूएचओले चीनको पटक पटक तारिफ गर्नु बारे पनि आपत्ती जनाए। भने, 'डब्लूएचओ चीनबाट स्वतन्त्र हुन आवश्यक छ।'
डब्लूएचओले आफ्नो कार्यशैलीमा आवश्यक सुधार नगरे तत्कालका लागि 'फ्रिज' गर्ने भनिएको सहयोग रकम सधैंका लागि बन्द गर्ने र संगठनमा आफ्नो सदस्यताबारे पनि पूनर्विचार गर्ने बताएका हुन्।