PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नेपाली फिल्म ‘जुनुको जुत्ता’ले जर्मनीमा जित्यो अवार्ड



पहिलोपोस्ट

नेपाली फिल्म ‘जुनुको जुत्ता’ले जर्मनीमा जित्यो अवार्ड

नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। फिल्मले 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन'को ६६ औं संस्करणमा ‘चिल्ड्रेन एण्ड युथ कम्पिटिसन’ अन्तर्गत् 'स्पेसियल मेन्सन अफ द चिल्ड्रेन्स जुरी' अवार्ड पाएको हो।

खबर निर्देशक केदार श्रेष्ठले पुष्टि गरे। फिल्मको यही फेस्टिभलमार्फत् अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो।

'जुनुको जुत्ता'ले यसअघि अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट फिल्म’ अवार्ड जितेको थियो।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन्। र, चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन्।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell