PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जब बिराट कोहलीलाई टिममा राख्न उनका पितासँग घुस मागिएको थियो...



पहिलोपोस्ट

जब बिराट कोहलीलाई  टिममा राख्न उनका पितासँग घुस मागिएको थियो...

विश्वक्रिकेटमा हाल बिराट कोहली सफल क्रिकेटर मध्येका एक हुन्। र, सफल क्रिकेट बन्नका लागि उनका संघर्ष पनि त्यति नै छ।

विराट कोहलीले सार्वजनिक रुपमा खासै आफ्नो परिवारबारे कुरा गर्दैनन्। तर सोमबार भारतीय फुटबल टिमका कप्तान सुनिल क्षत्रीसँगको कुराकानीमा क्रिकेटमा आउनका लागि आफ्नो संघर्षबारे खुलेका छन्।

कोहलीले क्षत्रीसँग कुरा गर्दै एकपटक आफूलाई टिममा राख्नका लागि उनका पिता प्रेम कोहलीसँग घुस मागिएको विषयमा चर्चा गरेका छन्।

कोहलीका अनुसार करियर सुरु गर्दै गर्दा दिल्लीको एक टिमबाट खेल्नका लागि उनले प्रयास गरिरहेका थिए। उनको प्रदर्शन औशत देखिएको थियो। धेरै राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन्। यस्तोमा एकजना टिम सेलेक्टरले थोरै अतिरिक्त रकम दिए विराटलाई टिममा राख्ने प्रस्ताब उनका पितालाई गरेका थिए। यद्यपि उनका पिताले यो प्रस्ताबलाई ठाडै अस्विकार गरेको कोहलीले बताएका छन्।

उनले आफ्नो गृहनगर दिल्लीमा यस्तो हुनेगरेको भन्दै असन्तुष्टी पनि पोखेका छन्।

‘दिल्लीमा कतैकतै यस्ता कुराहरु हुन्छन जुन सही छैनन्। खेलाडी छनोटलाई लिएर नियमहरु तोडिने गरेका छन्,’ कोहलीले भने, ‘मेरा पितालाई यो पनि भनेको थियो कि ममा टिममा छनोट हुने क्षमता छ। तर तपाइँले थोरै अतिरिक्त रकम दिनेहो भने टिममा स्थान निश्चित हुनेछ।’

कोहलीले आफ्ना पिता मध्यम वर्गीय इमानदार ब्यक्ति भएको र वकिल बन्न कडा मेहेनत गरेका ब्यक्ति भएकाले उक्त प्रस्ताब स्वीकार नभएको बताए। त्यतिबेला आफूले भने अतिरिक्त शुल्कको मतलब नबुझेको विराटले बताएका छन्।

‘ तपाइ विराटलाई टिममा राख्न चाहनु हुन्छ भने उसको योग्यताका आधारमा राख्नुहोस। म तपाईंलाई केही अतिरिक्त दिने छुइन्।’ उनले आफ्नो पिताको त्यतिबेलाको भनाइ सम्झँदै भने।

आफ्ना पिताको भनाइबारे कुरा गर्दैगर्दा भावुक बनेका कोहलीले आफूले पितालाई अवकास पछि आरामदायक जीवन दिन चाहेको भए पनि त्यसमा आफू असक्षम भएकोमा अफसोस रहेको बताए।

विराटका अनुसार उक्त घटना पछि उनी टिममा परेनन् र रोएका थिए। तर यो घटनाले आफूले मेहेनत गर्नुपर्ने र केही बन्नु पर्ने प्रेरणा मिलेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell