PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश १ मा एकैदिन ११ जना कोरोना संक्रमित थपिए, झापामा ९ र सुनसरीमा २



अनन्तराज न्यौपाने

प्रदेश १ मा एकैदिन ११ जना कोरोना संक्रमित थपिए, झापामा ९ र सुनसरीमा २

विराटनगरः प्रदेश नम्बर १ मा मङ्गलबार कोभिड–१९ का ११ संक्रमति पुष्टि भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार झापा जिल्लाको केचना गाउँपालिकामा ९ र सुनसरीको इटहरीमा २ जनामा एकै दिन कोरोना सङ्क्रमण पत्ता लागेको हो।

यससँगै प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ। जसमध्ये १७ जना निको भएर घर फर्किसकेका छन्।

केचना गाउँपालिकाका बिरामीको थ्रोट स्वाब कोशी अस्पताल र इटहरीका बिरामीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो। उनीहरूलाई कोशी अस्पतालमा ल्याएर उपचार गरिने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell