PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

संसद्मा सम्बोधन गर्दागर्दै प्रधानमन्त्रीले भने, मलाई उभिएर बोल्न गाह्रो भयो, सभामुखको निर्देशनमा बस्ने सुविधा



पहिलोपोस्ट

संसद्मा सम्बोधन गर्दागर्दै प्रधानमन्त्रीले भने, मलाई उभिएर बोल्न गाह्रो भयो, सभामुखको निर्देशनमा बस्ने सुविधा

काठमाडौँः स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा बसेरै सम्बोधन गर्न दिइएको छ । सम्बोधन जारी रहेकै बेला प्रधानमन्त्री ओलीले करिब २० मिनेटपछि सभामुखलाई बसेर सम्बोधन गर्ने व्यवस्थाका लागि आग्रह गरेका थिए। 

प्रधानमन्त्रीको आग्रहसँगै सभामुख अग्निप्रसाद सापकोटाले बस्ने व्यवस्था मिलाउन महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिए। 

सभामुखको निर्देशनलगत्तै सुरक्षाकर्मीले कुर्सी व्यवस्थापन गरे। र सम्बोधनलाई निरन्तरता दिए। 

ओलीले अप्रेसनका कारणले खुट्टामा समस्या हुँदा आफूलाई असहज भएको बैठकमा बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell