PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जनप्रतिनिधिको दबाबले बाहिरबाट मान्छे आउँदा कोरोनामुक्त देश बनाउन सकिएन: प्रम ओली



पहिलोपोस्ट

जनप्रतिनिधिको दबाबले बाहिरबाट मान्छे आउँदा कोरोनामुक्त देश बनाउन सकिएन: प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरी देशबाट आउने क्रमलाई रोक्न नसकेकाले भयावह स्थितिमा जानुपर्ने खतरा बढेको बताएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सीमामा आएका जनता र जनप्रतिनिधिको दबाबका कारण बाहिरबाट मानिसहरु आउन रोक्न नसकिएको बताए।

'हामी पनि कोरोनामुक्त देश घोषणा गर्ने अवस्थामा थियौँ। तर, बाहिरबाट आउनेलाई रोक्न सकिएन। जनताको चेतना, जनप्रतिनिधिको दबाब र सीमा आएर बस्नेका कारण रोक्न सकिएन। यसले अलि भयावह अवस्थामा जान पर्ने हो कि भन्ने देखिएको छ।'

उनले वुहानबाट आएको भाइरस नरम र भारतबाट आएको भाइरस अलिक कडा देखिएको पनि बताए।

केही व्यक्तिमा संक्रमण देखिँदैमा लकडाउन गरेकाले लामो समय फैलन नपाएको पनि बताए। नीति तथा कार्यक्रममा कोरोनालाई महत्व दिइएको भन्दै नियन्त्रण र निर्मुलन गर्ने प्राथमितकता हुने बताए।

तर ३७७ जनाको स्थिति भनेको रोक्न नसक्ने अवस्था जटिल नरहेको पनि बताए।

उनले गम्भीरतापूर्वक ध्यान दिनु र रोक्ने प्रयासमा सिंगो राष्ट्र एकजुट हुनु आवश्यक रहेको पनि बताए।

विश्वमा लकडाउन पालना गर्नेले छिट्टै नियन्त्रण गरेको सुनाउँदै नेपालमा पनि लकडाउन पालनामा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell