PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'टिकटक स्टार' फैजल सिद्दिकीविरुद्ध प्रहरीमा उजुरी



पहिलोपोस्ट

'टिकटक स्टार' फैजल सिद्दिकीविरुद्ध प्रहरीमा उजुरी

एक टिकटक स्टारविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ। फैजल सिद्दिकी नाम गरेका टिकटक प्रयोगकर्तालाई 'एसिड अट्याक' प्रोत्सहान गरेको आरोप लागेको हो। उनको टिकटकमा १ करोड ३४ लाख फलोअर्स छन्।

सिद्दिकीले एक टिकटक भिडियोमा फैजलले एक युवतीलाई गाली गरिरहेका हुन्छन्। अर्को युवकका लागि आफूलाई लत्याएका आरोप लगाउँछन् र अचानक हातमा भएको भाडाको पानी ती युवतीलाई छ्याप्छन्। दोस्रो दृश्यमा त्यहाँ युवती देखिन्छिन् जसको अनुहारमा 'एसिड अट्याक' भएको झल्काइन्छ। भिडियो सार्वजनिक भएको केही समयमै आलोचनासहित भाइरल भयो। धेरैले उक्त भिडियो रिपोर्ट समेत गरे। जसका कारण टिकटकले त्यसलाई फेजलको अकाउन्टबाट हटायो। तर, सामाजिक सञ्जाल एवं अन्य माध्यमहरुमा फैजलले प्रवाह गरेको सन्देशविरुद्ध प्रश्न उठ्न भने छाडेन। किनकि अन्य धेरै अकाउन्ट तथा पेजहरुले उक्त भिडियो प्रयोग गरिसकेका छन्।

केही दिनमै फैजलविरुद्ध कानुनी सजायको प्रक्रिया अघि बढाइयो। राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले उनलाई कारवाही र सजायको मागसहित महाराष्ट्रका डिजिपीलाई पत्र पठाएकी थिइन्।

फैजलले भने इन्स्टाग्राममार्फत् स्पष्टिकरण दिए। भिडियोमार्फत् कसैलाई हानी पुर्‍याउने उद्देश्य नभएको जनाउँदै लेखे,'सामाजिक सञ्जाल 'इन्फ्लोयन्सर' भएको नाताले मैले आफ्नो जिम्मेवारी र गल्तीलाई बुझेको छु। मैले बनाएको भिडियोका कारण प्रभावित सबैसँग माफी माग्दछु।'

उनले उक्त भिडियो पुन: इन्स्टाग्रामको माइ स्टोरीमा राख्दै भनेका छन्,'भिडियोमा मैले पानी पिएको प्रष्ट देखिन्छ। अरे, एसिड कसले पिउँछ यार?'

पीडितको रुपमा प्रस्तुत भएकी युवती भने मेकअप आर्टिस्ट भएको र उनी कलात्मक ढङ्गमा प्रस्तुत भएको बताएका छन्।

ट्वीटर प्रयोगकर्ता आशिषले पनि आफूले फैजलविरुद्ध उजुरी दर्ता गराएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell