
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याएरै छाड्ने दावी गरेका छन्।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेकको विषयलाई अब सेलाउन नदिने बताए। ओलीले कुटनीतिक वार्ताको माध्यमबाट फिर्ता गर्ने बताए।
'अब लिम्पियाधुरा कालापानीको विषय ओझेलमा पार्ने वा सेलाउन दिइने छैन्। यसको निष्कर्ष निकालिन्छ हामी फिर्ता लिएर छाड्छौं,' उनले भने, 'विवादास्पद भूमि भनेर भनिन्छ के को विवादास्पद हाम्रो भूमि हो। भारतले अनावश्यक रुपमा अकुवाइ गरेर विवादास्पद बनाएको हो।'
कोही रिसाउँछ की भनेर पछि नहट्ने दाबी गरे। नीति तथा कार्यक्रममा भूमि फिर्ता लिने कुरा उल्लेख गरिएको भन्दै नक्सा तयार भएको बताए।
तथाकथित् राष्ट्रवादका लागि नक्सा तयार नगरिएको उनको दावी थियो। 'तमासा गरिएको होइन्, देखावटी गरिएको होइन् हाम्रो फिर्ता गर्छौं,' उनले भने।