PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसी पछाडिको ढोकाबाट ल्याइएको आरोप लगाउने भीम रावललाई प्रधानमन्त्रीको जवाफ:  ट्रान्समिसन लाइन अगाडिको ढोकाबाटै बन्छ



पहिलोपोस्ट

एमसीसी पछाडिको ढोकाबाट ल्याइएको आरोप लगाउने भीम रावललाई प्रधानमन्त्रीको जवाफ:  ट्रान्समिसन लाइन अगाडिको ढोकाबाटै बन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन मूलबाटोबाटै बनाउने बताएका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रम ओलीले ट्रासमिसन लाइन् बनाएर छोड्ने बताएका हुन्।

सोमवार नेकपा स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले नीति तथा कार्यक्रममा एमसीसी पछाडिको ढोकाबाट ल्याउन खोजिएको आरोप लगाएका थिए।

प्रम ओलीले रावलको जवाफ दिँदै भने, 'प्रसारण लाइन पछाडिको बाटोबाट हैन। मूल बाटोबाटै बन्छ। जस्केलाबाट होइन् अगाडिको बाटोबाट बन्छ। एमसीसीले नबनाए अर्कोले बनाउँछ। कसैले नबनाए हाम्रै पैसाले बनाउँछौँ।'

नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइनअघि बढाइने उल्लेख छ। सरकार र एमसीसीबीच भएको सम्झौता जस्ताको तस्तै उल्लेख गरिएको भन्दै रावलले संसद बैठकमा आपत्ति जनाएका थिए।

त्यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले र रावलले सोही विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्दै पत्र पनि लेखेका थिए।

प्रम ओलीले एमसीसी पास गर्नुपर्छ भनेर नीति तथा कार्यक्रममा उल्‍लेख नगरिएको र पास गर्ने नगर्ने अधिकार संसदमा नै भएको बताए। अघिल्लो सकारले गरेको सम्झौता उत्तराधिकारीका हिसाबले संसदमा टेबल गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell