PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रधानमन्त्री ओलीको भारतीय समकक्षीलाई प्रश्न : सत्यमेव जयते कि सिंहमेव जयते?



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको भारतीय समकक्षीलाई प्रश्न : सत्यमेव जयते कि सिंहमेव जयते?

काठमाडौं : भारतको राष्ट्रिय प्रतीकको फेदमा देवनागरी लिपीमा लेखिएको छ - ' सत्यमेव जयते।' भारतीयहरु जब सत्यको पक्षमा लडाई लड्न अघि बढ्छन् - उनीहरु 'सत्यमेव जयते'को नारा लगाउँछन्।

उक्त नारालाई भारतीय नागरिकले राष्ट्रिय आदर्श वाक्यका रुपमा लिन्छन्। प्रधानमन्त्री कार्यालयलेदेखि, अदालत, प्रहरी देखि सरकारी कार्यालयसम्म सिंह अंकित प्रतिक रहेका हुन्छ।

भारतीय प्रधानमन्त्री पनि आफू 'सत्यमेव जयते' पथमा नै हिँडेको दाबी गर्छन्।

भारतको संसदमा सरकार र प्रतिपक्षबीच नोकझोक हुँदा बोलिने 'सत्यमेव जयते' आज भने नेपालको संसदमा सुनियो।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भारत आफू सत्यको पथमा अडिग रहेको बताउने भएकाले लिम्पियाधुरासम्मको क्षेत्र नेपालको रहेको सत्य भारतले स्वीकार गर्नुपर्ने बताए।

भारतले लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा जारी गरेपछि चर्को विरोध भएको थियो। नेपाल सरकारले कुटनीतिक च्यानलबाट त्यसको विरोध जनायो।

आज उक्त नक्सा स्वीकृत गरेको बारेमा संसदमा जानकारी गराउँदै ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याएरै छाड्ने दावी गरे।

सिंहमुनि 'सत्यमेव जयते' लेखेर भारत सत्यको पथमा उभिने गरेको भन्दै ओलीले भारतले उक्त भूमि नेपालको नभएको दाबी गरे। भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त वाक्यको परिभाषा प्रस्टाउन समेत भने।

'सिंह अंकित भारतको प्रतीक चिन्हमा लेखिएको छ। लेखिएको भारतकोमा छ तर विश्वास भने गर्छु। भारतीय प्रधानमन्त्रीलाई म यसबारेमा सोध्नेछु। सत्यमेव जयते कि सिंहमेव जयते? लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो। त्यो फिर्ता ल्याउँछौं। किनभने सत्यमेव जयते,' ओलीले भने।

आजको प्रतिनिधिसभा बैठकमा लिम्पियाधुरा, लिपुलेकको विषयलाई अब सेलाउन नदिने भन्दै ओलीले कुटनीतिक वार्ताको माध्यमबाट'सत्य' को वकालत गर्ने घोषणा गरे।

चारवटा सिंह अंकित भारतको प्रतीक चिन्हमा लेखिएको 'सत्यमेव जयते' मुण्डक उपनिषदबाट लिइएको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell