PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित



पहिलोपोस्ट

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं: सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल भएको थियो।

नीति तथा कार्यक्रम प्रतिनिधि सभामा ४ गते ३९ र ५ गते ६७ गरी जम्मा १०६ जना सांसदले छलफलमा भाग लिएका थिए।

सांसदले उठाएका प्रश्नमाथि प्रधानमन्त्री ओलीले आज जवाफ दिएपछि पारित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell