PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

मानिसहरु जंगिएर सामाजिक सञ्जाल चलाइरहेका छन्, सभ्य भएर प्रश्न गर्नुस् : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

मानिसहरु जंगिएर सामाजिक सञ्जाल चलाइरहेका छन्, सभ्य भएर प्रश्न गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा विकृति फैलिएको आरोप लगाएका छन्। उनले संस्कार/संस्कृति विपरीत विचार अभिव्यक्त भइरहेको भन्दै सामाजिक सञ्जालको आलोचना गरे।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मानिसहरु जंगिएर सामाजिक सञ्जाल चलाइरहेको बताए। 'संस्कार संस्कृति कस्तो हो? सामाजिक सञ्जालमा अश्लिलता आइरहेको हुन्छ। परिवार साथी भाईसँग बसेर हेर्न सकिँदैन। हामी शास्त्रहरुमा हेर्न सक्छौ कस्तो हो हाम्रो संस्कार,' उनले भने।

शास्त्रलाई सन्दर्भअनुसार बोल्न जरुरी भएको उनको तर्क छ। उनले संसदमा सांसदहरुले प्रश्न उठाएकोतर्फ संकेत गर्दै उनले सभ्य भएर प्रश्न गर्न आग्रह गरे। उनले बोल्दा, ब्यवहार गर्दा आदर गर्ने परम्परा वैज्ञानिक भएको बताए। उनले मानवीय व्यवहारबारे पनि शास्त्रमा लेखिएकाले अध्ययन गर्न सांसदहरुलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell