काठमाडौं: काठमाडौं: आज थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँग नेपालमा कोरोनाबाट संक्रमितको कुल संख्या ४०२ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पीसीआर परीक्षणका क्रममा २४ जना पुरुष ३ महिला गरी २७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ।
संक्रमण देखिनेमा झापाका ९ जना, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, ललितपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४, नवलपरासी १ रहेका छन्।