PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चार प्रदेशका १३ जिल्लामा २७ नयाँ संक्रमित पुष्टि, ललितपुरसहित चार जिल्लामा पहिलोपटक संक्रमण



पहिलोपोस्ट

चार प्रदेशका १३ जिल्लामा २७ नयाँ संक्रमित पुष्टि, ललितपुरसहित चार जिल्लामा पहिलोपटक संक्रमण

काठमाडौं : आज विभिन्न जिल्लामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमण पुष्टि भएकामा ललितपुर पनि थपिएको छ। संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला छन्।

आज पुष्टि भएका संक्रमितहरुमा झापा जिल्लाका बढी छन्। झापा जिल्लाका ९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश १ को मोरङ र सुनसरीमा एक/एक जना संक्रमण पुष्टि भएको छ।

प्रदेश दुई को सर्लाहीमा दुई जनामा संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३, भक्तपुर, ललितपुर,मकवानपुर, सिन्धुली, रामेछापमा एक-एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै गण्डकी प्रदेशमा पनि एक जना थपिएका छन्। लमजुङमा एक जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै प्रदेश ५ को कपिलवस्तुमा चार र नवलपरासीमा एक जना संक्रमित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell