PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एक दुई दिनमा नयाँ नक्सा सार्वजनिक हुन्छ: प्रधानमन्त्री ओली



पहिलोपोस्ट

एक दुई दिनमा नयाँ नक्सा सार्वजनिक हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुई दिनमा नयाँ नक्सा सार्वजनिक हुने बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नक्सा तयार भएको र अब एक दुई दिनमा सार्वजनिक हुने बताए। संविधान संशोधन गरेर नयाँ नक्सा जारी हुने उनको भनाई छ।

'नयाँ नक्सा तयार छ माननीयले एक दुई दिनमै पाउनुहुन्छ,' उनले भने। सरकारले मन्त्रिपरिषदबाट पारित गरिसकेकाले अब चाँडै आउने ओलीले सांसदहरुलाई जवाफ दिए।

नीति तथा कार्यक्रममा माथिको छलफलमा भाग लिएका सांसदहरुले सरकारले नयाँ नक्सा कहिले जारी गर्छ भन्दै प्रश्न गरेका थिए।

यसअघि सरकारले नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने निर्णयलाई प्राथमिकताका साथ अघि बढाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell