PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कमजोरी स्वीकारेर सच्चिने छाँट प्रममा देखिएन, नक्साको ब्याज भजाएर देशलाई बर्बादीमा लैजान्छन्: डा. भट्टराई



पहिलोपोस्ट

कमजोरी स्वीकारेर सच्चिने छाँट प्रममा देखिएन, नक्साको ब्याज भजाएर देशलाई बर्बादीमा लैजान्छन्: डा. भट्टराई

काठमाडौं: समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री सच्चिने छाँटकाँट नदेखिएको बताएका छन्।

संघीय संसदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भाषणमाथि ट्वीटरमार्फत टिप्पणी गर्दै नेता भट्टराईले कोरोना, राष्ट्रियता, लोकतन्त्रका तीन घण्टा लामो व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको टिप्पणी गरेका छन्।

उनले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नयाँ नक्सा जारी हुनु स्वागतयोग्य भए पनि आफ्नो कमजोरी नस्वीकार्ने प्रधानमन्त्री ओलीले नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने खतरा देखिएको उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell