कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा ‘फ्रन्ट लाइन’मा छन्, प्रहरी। कोभिड-१९ को नियन्त्रण तथा रोकथाम गर्न जारी गरिएको लकडाउनलाई प्रभावकारी बनाउन खटिएका छन् उनीहरु।
चोकचोक र गल्लीगल्लीमा प्रहरीको उपस्थितिले लकडाउनमा कडाइ मात्रै भएको छैन आम सर्वसाधारणलाई सुरक्षित महसुस पनि गराएको छ। तर, उनीहरु कोभिड-१९ संक्रमणको उत्तिकै जोखिममा छन्।
यस्तोमा भक्तपुर क्षेत्रमा खटिएका प्रहरीहरुको जगातिमा मंगलवार र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ। त्यस्तै, पीसीआर परीक्षणको लागि उनीहरुको स्वाब संकलन समेत गरिएको छ।