PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

नेपाल-भारत सीमा विवादमा चीनको प्रतिक्रिया : दुई देशको समस्या हो, आपसी सम्वादमा सुल्झाउन



पहिलोपोस्ट

नेपाल-भारत सीमा विवादमा चीनको प्रतिक्रिया : दुई देशको समस्या हो, आपसी सम्वादमा सुल्झाउन

काठमाडौँः चीनले नेपाल भारतबीचको सीमा विवाद दुई देशको आपसी सम्वादबाट हल हुने जनाएको छ । कालापानी क्षेत्रको विवाद दुई देशको भएको भन्दै उसले स्थिति असहज हुनेगरि दुबै देशबाट कुनै पनि काम नहुने पनि विश्वास व्यक्त गरेको छ। 

विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचिआनले द्धिपक्षीय सम्वादबाट समस्या हल हुने बताएका हुन्। 

हालै चीनको स्वाशासित क्षेत्र तिब्बतसम्म जोड्ने बाटो नेपाली भूमि समेत प्रयोग गरी भारतले उद्घाटन गरेपछि सीमा विवाद चर्किएको छ। नेपाल सरकारले उक्त विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ। भारतले पनि उक्त भूमि आफ्नो भएको दाबी गरेको छ। 

नेपाल सरकारले सोमबार लिम्पयाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गर्न स्वीकृति पनि दिइसकेको छ। सम्बन्धित मन्त्रालयले केही दिनमै नयाँ नक्सा प्रकाशन गर्नेछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संघीय संसद्मा नेपाली भूभाग फिर्ताको प्रक्रिया अघि बढेको भन्दै अब नरोकिने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell