PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहर ओसार्ने गाडीका चालक



पहिलोपोस्ट

भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहर ओसार्ने गाडीका चालक

काठमाडौं : मंगलवार भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका व्यक्ति फोहर ओसार्ने गाडीका चालक भएको खुलेको छ।

भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय पुरुष काठमाडौं महानगरपालिको फोहोर बोक्ने गाडीका चालक रहेको भक्तपुरका नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए।

'उहाँ फोहोरमैला बोक्ने गाडीमा चालकको काम गर्नुहुने गरेको बुझिएको छ। थप बुझ्दैछौं,' मेयर प्रजापतिले भने।

संक्रमित पुरुष काठमाडौं महानगरपालिकाको कर्मचारी हुन्। लकडाउनको समयमा पनि उनी चालकका रुपमा काम गरिरहेका थिए।

संक्रमितलाई अस्पताल लगिसकिएको छ। भक्तपुरमा यसअघि एक महिला र पुरुषमा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell