काठमाडौं : मंगलवार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ११ जनाको परिवारमा बस्दै आएको खुलेको छ।
भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय पुरुषको घरमा अहिले पनि ११ जना सदस्य छन्।
लकडाउनको समयमा संक्रमित व्यक्ति कार्यालय आउने जाने गरिरहेका थिए उनी।
'उहाँ धेरैको सङ्ख्यामा सम्पर्कमा आएको देखिन्छ। घरमा मात्र ११ जना सदस्य भएको पाइयो,' भक्तपुर जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने।
उनी काठमाडौं महानगरपालिको फोहोरमौला बोक्ने गाडीमा चालक समेत हुन्। लकडाउनको समयमा उनी नियमित कार्यालय जाने गरेका थिए। त्यसैले अहिले कति जना उनको सम्पर्कमा आए भन्ने खुल्न सकेको छैन। 'हामी कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं,' भक्तपुरका मेयर सुनिल प्रजापतिले भने।
संक्रमित युवकलाई अस्पताल लगिसकेकेको छ। भक्तपुरमा यसअघि एक महिला र पुरुषमा संक्रमण देखिएको थियो।