PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

इङलिस प्रिमियर लिग क्लबका ६ जनामा कोरोना सङक्रमण, तीन जना वार्टफोर्ड र बर्नलीको एक जना



पहिलोपोस्ट

इङलिस प्रिमियर लिग क्लबका ६ जनामा कोरोना सङक्रमण, तीन जना वार्टफोर्ड र बर्नलीको एक जना

अभ्यासमा फर्किएपछि इङलिस प्रिमियर लिगका खेलाडीहरुको कोरोना परीक्षण गर्दा ६ जनाका संक्रमण पुष्टी भएको छ। प्रिमियर लिग आयोजकमा आइतबार र सोमबार गरेर १९ क्लबका ७४८ खेलाडी तथा पदाधिकारीहरुको कोरोना परीक्षण गरेको थियो। जसमा ३ क्लबको ६ जनामा कोरोना संक्रमण पुस्टी भएको हो।

जसमध्ये वार्टफोर्डका १ खेलाडी र २ कर्मचारी तथा बर्नलीको म्यानेजर इयान वोआन रहेका बिबिसीले जनाएको छ। बाँकी दुई जनाबारे प्रिमियर लिगले जानकारी नदिएको बताइएको छ। कोरोना पोजेटिभ देखिएका खेलाडीहरुलाई आइसोलेसनमा पठाइएको छ।

वार्टफोर्डले एकजना खेलाडी र २ जना कर्मचारीमा कोरोना भेटिएको पुस्टि गरे पनि उनीहरुको नाम नखुलाउने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell